घटना-दुर्घटना

पशुपतिनाथको भेटी चोरी प्रकरणः खानतलासी गर्दा फेला पर्‍यो ९७ हजार ९१७ रुपैयाँ

इकागज |
जेठ ८, २०८१ मंगलबार १५:४७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले तीन जनासँग खानतलासी गर्दा ९७ हजार ९१७ रुपैयाँ फेला पारेको गौशाला प्रहरी वृत्तका प्रहरी प्रमुख केशवराज थेवेले इकागजलाई जानकारी दिए ।


उनका अनुसार नवराज ढोडारी, नवराज घिमिरे, अनिल परियार, सञ्जय कपाली र कुमार परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी छ ।

‘प्रहरीले नियन्त्रणमा लिए पनि कसैको बयान लिएको छैनौँ,’ उनले भने,’सीसी क्यामेरामा कोषको कर्मचारी भएपछि कोषले नै उहाँहरूलाई सोधपुछ गरेको हो ।‘

पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रमा पुगेको र उनको कुनै पनि संलग्न नदेखिएको उनको भनाइ छ । उनी पैसा लिन गएका थिए ।

आपराधिक विश्वासघात र चोरीमा मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।

र, यो पनि

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ, कोषकै पदाधिकारीले चोर्न लगाएको बयान

 

 


Author

थप समाचार
x