Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

घटना-दुर्घटना

पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता

इकागज |
असार २८, २०८१ शुक्रबार ६:३० बजे

फाइल फाेटाे

काठमाडौँ - नारायणगढ–मुग्लिन सडकको सिमल तालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । 


प्रारम्भिक जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।' उनले  यकिन विवरण भने आई नसकेको बताए । 


Author

थप समाचार
x