Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

घटना-दुर्घटना

पोखरामा पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु

इकागज |
असार २८, २०८१ शुक्रबार ७:११ बजे

फाइल फाेटाे

काठमाडौँ - पहिरो जाँदा कास्कीमा नौ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । कास्कीको पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका सात जना एकै परिवारका हुन् ।

पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 


परिवार नै घरमा बसिरहेको समयमा बिहीबार राति पहिरो गएको प्रहरीले जनाएको छ । 

यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।


 


Author

थप समाचार
x