घटना-दुर्घटना

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

इकागज |
साउन १६, २०८१ बुधबार १६:५ बजे

नगढी - मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो । 


मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजेर ५० मिनेटमा धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुई जना एयर होस्टेजमध्ये एकलाई जिस्क्याएका थिए । सो घटनाबारे पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


Author

थप समाचार
x