घटना-दुर्घटना

नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना, ३५ बढी घाइते

इकागज |
भदौ ९, २०८१ आइतबार १३:५८ बजे

काठमाडौँ - नेपालबाट भारत तीर्थयात्री लिएर गएको यात्रु वाहक बस दुर्घटना भएको छ ।  आइतबार बिहान विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा बस दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

ना ७ ख ६४४६ नम्बरको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।


बसमा बाराका  ४३ जना सवार रहेको बताइएको छ । दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर छ । 

ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाराबाट जल चढाउनका लागि झारखण्डको देवघर गएको बस दुर्घटनामा परेको हो । 


Author

थप समाचार
x