घटना-दुर्घटना

दैलेखको आठबीसमा सकेट बम भेटियो

इकागज |
बैशाख २५, २०७९ आइतबार १९:४४ बजे

फाइल फोटो

दैलेख - दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा  पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् । 


उनले भने, ‘पहिला सुरक्षाफौजको ब्यारेक भएका कारण बम जमिनमुनि  भेटिएको हो ।’’ यसअघि उक्त ठाउँमा ब्यारेक थियो । विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको छ । रासस    


Author

थप समाचार
x