पूर्वाधार

२५ लाख लगानीमा टोप्का भिरमा बन्यो रेलिङसहितको बाटो

इकागज |
जेठ ३०, २०८० मंगलबार १५:१८ बजे

चौतारा - जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ । उक्त बाटो आज क्षेत्र  नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे । 

टोप्का बसेरी रेलिङसहितको उक्त बाटो बागमती प्रदेश सरकारको रु २५ लाख बजेटमा निर्माण गरिएको  हो । 


ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए  । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भिरको बाटोमा रेलिङ बनाइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए । 

स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बाताए । 

गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले बाटोले स्थानीयवासीलाई  सहज भएको बताए । अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने  भएको  छ ।
रासस


Author

थप समाचार
x