पूर्वाधार

निर्धारित समयअघि अस्पताल बनाउन अर्थमन्त्रीको निर्देशन

इकागज |
मंसिर १५, २०७७ सोमबार १७:३२ बजे

काठमाडौं  : अर्थमन्त्री विष्णु पौडेलले पूर्वनिर्धारित समय दुई वर्षअघि नै ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न निर्देशन दिएका छन् । १८ करोड रुपैँयाको सीमामा रहेर १५ शैय्याको अस्पताल निर्माण गर्न सकिने भन्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले अस्पताल निर्माण गर्दा लागत,  गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान दिन आग्रह गरे । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैय्या भवन निर्माणको शिलान्यास गर्दै उनले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् ।


चालू अर्थिक वर्षको बजेटमा व्यवस्थाअनुसार ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । अर्थ मन्त्रालयले एक साताअघि ५, १० र १५ शैय्याका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो । 

अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ । अर्थमन्त्री पौडेलले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शैय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँ व्यवस्था गरिएको जानकारी दिए । 
 


Author

थप समाचार
x