बीमा

नेको इन्स्योरेन्सका सीइओको आफ्नै हात जगन्नाथ

अरुको दाबी भुक्तानी रोक्ने, आफ्नो चाहिं तीन महिनामै

इकागज |
भदौ १४, २०७९ मंगलबार १९:११ बजे

काठमाडौँ – बीमा गराउन आकर्षक विज्ञापन र अनेक हत्कण्डा अपनाउने तर दाबी भुक्तानी भने नगर्ने नेको इन्स्योरेन्सले आफ्नो कार्यकारी अधिकृतको सेयर रहेको प्रोजेक्टमा पुगेको क्षतिको भने ३ महिनामै भुक्तानी गरेको पाइएको छ।

नेको इन्स्योरेन्सका कार्यकारी अधिकृत (सिईओ) अशोककुमार खड्काले लगानी गरेको इलामस्थित सुपरमाई जलविद्युतको विद्युत गृहमा  २०७८ कात्तिक २ गते आएको बाढीले पुर्‍याएको क्षतिको बीमा भुक्तानी ३ महिनामै गरेको छ।


आफैं सुपरमाई जलविद्युत कम्पनीका समेत अध्यक्ष रहेका खड्का हाल नेको इन्स्योरेन्स कम्पनीका सिईओ छन् । आफ्नो कम्पनीमा भएको क्षतिमा ३ महिनामै क्षति दाबी भुक्तानी गर्ने खड्का अरू जलविद्युत परियोजनाको फाइल भने विभिन्न कारण र डकुमेन्ट नपुगेको, सर्भेयरको रिपोर्ट नआएको लगायतका बहाना झिकेर दाबी भुक्तानी गर्ने गरेका छैनन् ।

अशोककुमार खड्का अध्यक्ष रहेको सुपरमाई हाइड्रो पावर

यसरी आफ्नो परियोजनालाई रातारात सर्भेयरलाई रिपोर्ट तयार गर्न लगाएर बीमा रकम दिने खड्काले अन्य कम्पनीले क्षति दाबीमा भने सर्भेयरले रिपोर्ट नदिएको लगायतका विभिन्न बाहाना बनाएर फर्काउने गरेका छन् ।

बीमा गराउन विभिन्न कसरत र उपाय गराउने नेको इन्स्योरेन्स कम्पनीले भुक्तानीमा भने विभिन्न कारण देखाउँदै आनाकानी गरेपछि जलविद्युत क्षेत्र नै समस्यामा परेको छ।

बीमा गराउनुअघि विभिन्न प्रलोभन देखाउने र बीमा भुक्तानीको लागि भने विभिन्न कारण तथा पत्र नपुगेको सर्भेयरले रिपोर्ट नदिएको लगायतका कारण कम्पनीहरूले गरेका छन् । २०७८ कार्तिक २ गते आएको बेमौसमी बाढीले इलाममा रहेको सगरमाथा जलविद्युत, सुपर माई जलविद्युत, सुपरमाइ क्यासकेड लगायतका जलविद्युत कम्पनीमा क्षति पुर्‍याउँदा नेको इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका खड्काले उनी नै अध्यक्ष रहेको सुपरमा माईमा जलविद्युतको क्षतिमा भने भुक्तानी गरेको छ ।

एउटै घटनाले झन्डै आधा दर्जन जलविद्युत परियोजना क्षति हुँदा पनि नेकोले अन्य कम्पनीलाई भने बीमा दाबी रकम नदिएपछि सगरमाथा, सुपरमाइ क्यासकेड लगायतका कम्पनीले असन्तुष्टी जनाउँदै आएका छन् ।

आफ्नो जलविद्युत कम्पनीमा क्षति भएपछि बीमा गरेको कम्पनी नेको इन्स्योरेन्सलाई क्षतिको जानकारी सहित कम्पनीले दाबी भुक्तानीको लागि चाहिने प्रक्रिया पुरा गरेर डकुमेन्ट पठाएको झन्डै १ वर्षसम्म भुक्तानी नगरेपछि सगरमाथा जलविद्युत कम्पनीका म्यानेजर सन्दीप अधिकारीले असन्तुष्टी व्यक्त गरे।

क्षति भएका दुई जलविद्युत कम्पनीले बीमा दाबीको लागि कम्पनीले मागेका सबै डकुमेन्ट पठाउँदा पनि करिव १ वर्षसम्म क्षति वापतको रकम नपाएको कम्पनीका म्यानेजर अधिकारीले जानकारी दिएका छन् । प्रत्येक वर्ष महँगो प्रिमियम तिर्नुपर्ने दुर्घटना तथा क्षति भएका अवस्थामा बीमा गराउने कम्पनीले समयमै भुक्तानी नदिँदा यस्ता जलविद्युत कम्पनीले करोडौँ क्षति हुने गरेको छ।

यो पनि-नेको इन्स्योरेन्सले दिएन बीमाको दाबी भुक्तानी रकम

 


Author

थप समाचार
x