अनियमितता

गल्याङमा अदुवाको बीउ किन्दा भ्रष्टाचार, पूर्वमेयरसहित कर्मचारीविरुद्ध मुद्दा

इकागज |
माघ ९, २०७९ सोमवार १८:२ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हाे ।​​ गुणस्तरहीन अदुवाको बीउलाई  महंगोमा खरिद गरेको आरोपमा अख्तियारले नगर प्रमुख भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालामाथि भ्रष्टाचार मुद्दा दायर गरेको आयाेगका  प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति उल्लेख गरिएकाे छ ।​


स्पेशिफिकेशनमा उल्लिखित कागजातहरूको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक-पटक भुक्तानी दिएकाले आपूर्तिकर्तालाई गैरकानुनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्ति उल्लेख छ ।

प्रेस विज्ञप्ति:

 


Author

थप समाचार
x