अनियमितता

झुट्टा प्रमाणपत्र पेश गरी नियुक्त भएकी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
भदौ २५, २०८० सोमबार १३:३३ बजे

काठमाडौँ– शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी नियुक्त भएकी नुवाकोटको कन्यादेवी आधारभूत विद्यालयकी शिक्षक मञ्जुकुमारी थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

थापाले स्थायी नियुक्ति हुनका लागि भारतको विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा सोमबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


शिक्षक थापाले  २०५५ मंसिरमा  प्रा.वि तहमा अस्थायी नियुक्ति लिएकी थिइन् ।  त्यसपश्चात २०७५ साल चैतमा  स्थायी नियुक्तिका लागि पनि सोही झुट्टा प्रमाणपत्र पेस गरेको आयोगले बताएको छ ।

आयोगले थापालाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय गर्न माग गरेको छ । 
 


Author

थप समाचार
x