पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा
![](https://ekagajcdn.prixacdn.net/media/albums/akhtiyar_MlKc8SwcCM_KkirdLKTUZ.jpg)
फाइल फोटो
पोखरा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरू नियन्त्रणमा लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया