कूटनीतिक कलम

केदार भक्त माथेमालाई जापान सरकारको स्प्रीरिङ इम्पेरियल डेकोरेसन्स अवार्ड

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १२:२५ बजे

काठमाडौँ – जापानका लागि नेपाली पूर्व राजदूत केदार भक्त माथेमालाई जापान सरकारले २०२२ स्प्रीरिङ इम्पेरियल डेकोरेसन्स अवार्ड प्रदान गर्ने भएको छ । जापानका लागि नेपालका राजदूत हुँदा माथेमाले नेपाल र जापानबीचको सम्बन्ध सुधार र मित्रतालाई प्रवर्धन गरेको भन्दै जापान सरकारले उनलाई सम्मान गर्ने भएको हो । 

नेपालमा रहेको जापानी दूतावासले एक प्रेस विज्ञप्ती जारी गर्दै स्प्रीरिङ इम्पेरियल डेकोरेसन्स अवार्ड गरिने जनाएको छ । 


माथेमा सन् १९९६ देखि २००३ सम्म राजदूत हुँदा नेपालकोतर्फबाट उच्चस्तरीय भ्रमणहरु भएका थिए । जसमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला तथा युवराज दिपेन्द्र विरिवक्रम शाहले जापानको भ्रमण गरेका थिए । 

साथै तत्कालिन जापानी प्रधानमन्त्री योसिरो मोरीले सन् २००० मा नेपालको औपचारिक भ्रमण गरेका थिए । कुनै पनि जापानी प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेको पहिलो अवसर थियो । 

यसैबीच राजदूतावासले स्प्रीरिङ इम्पेरियल डेकोरेसन्स प्राप्त गर्न लागेका माथेमालाई बधाई समेत दिएको छ । जापानले वर्षको दुईपटक अप्रिल २९ र नोभेम्बर ३ मा विदेशी नागरिकलाई उक्त अवार्ड प्रदान गर्ने गरेको छ । 
 


Author

थप समाचार
x