साहित्य

टोपी

शम्भुप्रसाद निरौला 'दुर्गम' |
पुस १९, २०८० बिहीबार ७:४१ बजे

टोपी दिवस २०८०को उपलक्ष्यमा सबैमा शुभकामनासहित

टोपी संस्कृति हो स्वभाव पनि हो संस्कार हो मर्म हो,
नेपाली पहिचान हो हृदयको झङ्कार हो धर्म हो, 
हामी उच्च बनौं भनेर शिरमा सर्वोच्च भै बस्तछ,
टोपीको शुभ दिव्य यो दिवसमा मेरो नमस्कार छ, 


टोपीझैँ अझ उच्च, निर्मल बनौं यो भव्य संसारमा, 
नेपालीपन यो कदापि नभुलौं पुग्छौं जहाँ विश्वमा, 
टोपी छन् अरू राष्ट्रका तर सबै कि थ्याच्च छन् फ्याच्च छन्, 
हाम्रो उच्च हिमालझैँ छ त्यसले उत्कृष्ट हो भन्दछन् ,

हाम्रा सम्पति हुन् अमूल्य पनि छन् टोपी र टुप्पी दुवै, 
पर्दा जुट्न सिकाउँछन् र इनले भन्छन् हिँडौं है सँगै, 
बिर्स्यो मानवता भने जगतमा बाँचेर के हुन्छ र ?
टोपी ज्ञान यही दिएर अहिले बन्दैछ झन् सुन्दर, 


Author

थप समाचार
x