साहित्य

कृष्ण गौतमको ‘अद्वैत’ बजारमा

इकागज |
माघ ११, २०८० बिहीबार १२:१४ बजे

काठमाडौँ- प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’ पाठकमाझ आएको छ । दर्शनलाई आख्यानको स्वरूपमा ढालिएको उक्त उपन्यास रोचक शैलीमा लेखिएको छ ।

‘एउटै तत्वबाट यो विविधतापूर्ण जगत्‌को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गर्थ्यो । प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने' गौतमले भनेका छन् 'मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।’


नेपाली साहित्यमा समालोचकका रूपमा प्रसिद्ध गौतमका थुप्रै समालोचनाकृतिका साथै ‘स्वर्णबिम्ब’, ‘नाच’ र ‘रानीवन’ आख्यान प्रकाशित छन् । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ६७५ रुपैयाँ रहेको छ । 


Author

थप समाचार
x