साहित्य

पूर्वसचिव कोरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ पुस्तक लोकार्पण

इकागज |
चैत २, २०८० शुक्रबार १९:५९ बजे

काठमाडौँ- नेपाल सरकारका पूर्व सचिव शम्भु कोरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

शुक्रबार काठमाडौँको पुतलीसडकमा आयोजित कार्यक्रममा ओखलढुंगा निवासी नेपाल सरकारका पूर्व सचिव शम्भु कोइरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ नामक पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा प्राध्यापक तथा वरिष्ठ पत्रकार पुरुषेत्तम दाहालले नमागिएको सल्लाह पुस्तक नेपालको प्रशासनिक संयन्त्र, राजनीति तथा आर्थिक आलेखको संग्रह भएको उल्लेख गरे । उनले पूर्व प्रशासकहरूले आफूले पदमा रहँदा गरेका कार्यहरूको आत्म समीक्षा गर्नुपर्ने समेत धारणा राखे ।


कार्यक्रममा प्राध्यापक तथा वरिष्ठ पत्रकार दाहालले कोइरालाको नमागिएको सल्लाह नामक पुस्तकका लेखकको अनुभवको मात्र संग्रह नभई नेपालको प्रशासनिक, राजनीतिक, आर्थिक विचारहरूको समेत संग्रह भएको जानकारी गराए । उनले लेखक शम्भु कोइरालाले यस पुस्तकमा आफू नेपाल सरकारको सचिव पदमा रहँदा संगालेका अनुभवहरू र सुभावहरू समेत समेटिएको बताए ।

कार्यक्रममा पूर्व सचिव, प्राध्यापक तथा प्रशासकहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x