साहित्य

१० विधामा दश जनालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने

इकागज |
चैत २८, २०८० बुधबार १९:२९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० वटा विधामा दश जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र संग्रौलालाई, प्रज्ञा दर्शन पुरस्कार मोहन विक्रम सिंहलाई र प्रज्ञा सामाजिक शास्त्र पुरस्कार शान्ता श्रेष्ठलाई प्रदान गरिएको छ ।


त्यस्तै प्रज्ञा संस्कृति लोक वार्ता तथा मौखिक इतिहास पुरस्कारबाट घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कारबाट कृष्ण गौतम र प्रज्ञा भाषा पुरस्कार प्रा.डा.देवीप्रसाद गौतमलाई प्रदान गरिएको छ ।

प्रज्ञा साहित्य पुरस्कार पद्यतर्फ बम देवान र गद्यतर्फ राजव, प्रज्ञा बाल साहित्य पुरस्कार गंगा कर्माचार्य, प्रज्ञा अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिएको छ । प्रत्येक वर्ष दिइने यी पुरस्कारहरूको राशी एक लाख रुपैयाँ रहेको छ ।


Author

थप समाचार
x