साहित्य

डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

इकागज |
कात्तिक २, २०७७ आइतबार ८:२८ बजे

काठमाडौं : स्त्री रोग विशेषज्ञ डा. सुधा शर्माको संस्मरणात्मक कृति  ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । शर्माले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवको रुपमा काम गरेकी थिइन् । पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ ।

डा. सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले शर्माको पुस्तक आउँदो पुस्ताका लागि पनि उपयोगी रहने बताए । ‘यो पुस्तकमा शर्माले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ । यसले आउने पुस्तालाई सिक्ने मौका दिन्छ ।’


पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ । बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको पुस्तक पितृसत्ताको तस्बिर देखाउने ऐना भएको सम्पादक भूषिता वशिष्ठले बताएकी छिन् ।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक वशिष्ठ भन्छिन्स ’यस पुस्तकले नेपालमा पहिचान र लिंगमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ ।’ यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृंखला (२०२०) अन्तर्गतको अन्तिम प्रकाशन हो । यस अघि दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ र भुवन ढुंगानाको ‘परित्यक्ता’ सार्वजनिक भइसकेका छन् । 


Author

थप समाचार
x