मनमाेहन मीमांसा-६
विकास रौनियारको संग्रहमा मनमोहन (फोटो फिचर )
एमाले पार्टी कार्यालय बल्खुमा हालका प्रधानमन्त्री केपी ओली र नेता केशव बडालकासाथमा मनमोहन अधिकारी ।
काठमाडौँ : मनमोहन अधिकारी भारतीय प्रधानमन्त्री चन्द्रशेखरजीलाई भेट्न सोल्टी होटल आउनुभएको थियो । मेरो घर त्यहीँ नजिकै हो । उहाँ फर्किने क्रममा हाम्रो घरमा पस्नुभयो । । मेरो हजुरबुवा शिवप्रसाद रौनियारसँग उहाँको राम्रो चिनजान-सम्बन्ध थियो ।
हाम्रो घरमा उहाँ आधा घन्टा जति बस्नुभयो । चिया खान काम भयो । उहाँ सार्वनजिक बस चढेर आउनुभएको थियो । फर्केर जान हाम्रो घरको पुरानो गाडी प्रयोग गरियो । उहाँलाई गाडीमा सँगै लिएर जान म उत्सुक थिएँ । तर, मसँग ड्राइभिङ लाइसेन्स थिएन । तर, पनि गाडीमा सँगै गएँ । महाराजगन्जसम्म गयौँ । उहाँ त्यहीँ ओर्लिनुभयो ।
कान्तिपुरमा कांग्रेस बिटमा चन्द्रशेखर कार्की र एमाले बिटमा मेरो थियो फोटो खिच्ने काम । उहाँ प्रायः सधैँ गम्भीर र चिन्तित देखिनुहुन्थ्यो । फरक मुद्रा ल्याउन भने सकिएन । हाँसेको मुस्कानसहित फोटो खिच्न सकिएन ।
डिल्लीरमण रेग्मीले आयोजना गर्नुभएको कार्यक्रम, लाजिम्पाट ।
महाकाली–टनकपुर विवादका बेला सिंहदरबार गेट अगाडि, २०४९ साल ।
गणेशमान सिंहलाई श्रद्धाञ्जलि दिँदै, चाक्सीबारी २०५४ असोज । मनमोहन धेरै बेर टोलाएर, भावुक भएर बस्नुभएको थियो ।
काठमाडौँ क्षेत्र नम्बर १ को उपचुनावका क्रममा सिफल, २०५० ।
मनमोहनका साथ पार्टी नेताहरू ।
जर्मनीको पत्रिकामा छापिएको सचित्र समाचार कटिङ । प्रधानमन्त्रीको शपथ ग्रहण गरेर बालुवाटार पुगेपछि नेपाल टेलिभिजनमा आफैँलाई हेर्दै । पत्रकार उषा तिवारीको साथमा म त्यहाँ पुगेको थिएँ ।
पाकिस्तानी राजदूत र प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका साथ ,सर्वाेच्च अदालतमा ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा ।
र यो पनि :
- मनमोहन मीमांसा-१ : शालीन र विनम्र नेता
- मनमोहन मीमांसा-२ : एक्लै नारा लगाउने ती मनमोहन
- मनमाेहन मीमांसा-३ : आफ्नै मन्त्रीविरुद्ध उभिन सक्ने मनमोहन
-मनमोहन मीमांसा-४ : प्रधानमन्त्री मनमोहन अधिकारीको सल्लाहकार बन्दा...
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया