संगीत

बेलायतको क्याट्रिक ग्यारिजनमा गायक गायिकाको प्रस्तुति

इकागज |
जेठ ३१, २०७९ मंगलबार १४:१२ बजे

काठमाडौँ-  नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रिक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन् । सुनगाभा इन्टरटेन्मेन्टको प्रस्तुतिमा ब्रिटिस गोर्खाज् एण्ड नेप्लिज कम्युनिटीको सहभागितामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बू गायिका सन्जु मोक्तानसहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा उनीहरुले दमदार सांस्कृति प्रस्तुति दिएका हुन् ।

ब्रिटिस गोर्खाज् एण्ड नेप्लिज कम्युनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई स्वागत गरेकी थिइन् । ‘नेपाली गीत संगीतको प्रर्वद्धनसहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’ आयोजक नन्दराज राईले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहने छौं ।’


लिम्बू र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्बू, विवेक मगर र डान्सर सुब्रिना लिम्बूले साथ दिएका थिए । नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायक गायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउदा' हल पुरै गुञ्जिएको थियो । सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर कार्यक्रममा कम्मर मर्काई मर्काई नाचेका थिए । शेर्पा, राई , गुरुङ, लिम्बू, मगर लगायतका जातजातिले आफ्नो पहिरन पहिरिएका थिए ।


Author

थप समाचार
x