संगीत

शुभश्री कलेज अफ म्यानेजम्याण्टमा 'दसै फेष्टिबल'

इकागज |
असोज ९, २०७९ आइतबार ११:२३ बजे

काठमाडौँ- नयाँ बानेश्वरस्थित शुभमश्री कलेज अफ म्यानेजमेन्टले दसैउत्सव मनाएको छ । 'दसै फेष्ट' फेष्टिबलको सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा गायक स्वप्न सुमन संगीतमय बनाएका थिए ।

उनले आफ्ना चर्चित आधा दर्जन गीत गाएका थिए । मोडल तथा पूर्व मिस युनिभर्सल नेपाल (२०१७) नगमा श्रेष्ठ प्रमुख अतिथि र पुर्व मिस नेपाल (२०१३) इशानी श्रेष्ठको उपस्थिति थियो ।


नगमाले कलेज पढेका दिनहरू सम्झिदै दसैको शुभकामना दिइन् । दसैको अवसरमा विद्यार्थीलाई लक्षित गरी विभिन्न खाने परिकारको स्टल राखिएको थियो । विध्यार्थी बिच लक्की ड्र पनि गराइएको थियो ।  


Author

थप समाचार
x