संगीत

सुरेश लामा र प्रेक्षा लम्सालको नयाँ गीत ‘तिमी मेरो प्रीत हौ’ सार्वजनिक

इकागज |
पुस १, २०८० आइतबार ११:४९ बजे

काठमाडौं - गायक सुरेश लामा र गायिका प्रेक्षा लम्सालको आवाज रहेको ‘तिमी मेरो प्रीत हौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुस्मिता तामाङ र गौरव मगरको अभिनय रहेको छ ।

डीपी खनालको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन ज्ञानेन्द्र गिरीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायांकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।


भिडियोमा  प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरूपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।

 


Author

थप समाचार
x