संगीत

रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको ‘माछीले चलायो पानी’

इकागज |
असोज १६, २०७८ शनिबार १२:२९ बजे

काठमाडौँ - लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित  सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ । 



Author

थप समाचार
x