संगीत

पूजाले आकाशलाई सोध्दैछिन् ‘कहाँ जाने हो ’

इकागज |
मंसिर १३, २०७८ सोमबार १०:२९ बजे

काठमाडौँ - नायक तथा मोडल आकाश श्रेष्ठ र नायिका तथा मोडल पूजा शर्माकोे जोेडीलाई दर्शकले पर्दामा खुबै रुचाउँछन् । म्युजिक भिडियोमा पनि यो जोेडी जमेको छ । यही जोडीले अभिनय गरेको नयाँ गीत ‘कहाँ जाने हो कहाँ’कोे भिडियो सार्वजनिक भएको छ ।

मेलिना राई र प्रविण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ ।यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियोे तयार पारेका छन् ।


भिडियोमा माइकलले आकाश र पुजाविचको अन्तरजायित प्रेम देखाउन खोेजेका छन् । साथै, भिडियोको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ । 

 


Author

थप समाचार
x