संगीत

डान्सिङ मुडमा आकाश र पूजाको ‘झुम्कावाली

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १७:२ बजे

काठमाडौँ - म्युजिक भिडियोमा दर्शकले एकदमै रुचाएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठको । दर्शकको यही रुचिलाई छोप्न जानेका म्युजिक भिडियो निर्देशकले बारम्बार पूजा र आकाशको जोडीलाई म्युजिक भिडियोमा प्रस्तुत गर्दै आएका छन् ।

ही क्रममा शुक्रबार दुवैको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ जहाँ पूजा र आकाश डान्सिङ मुडमा प्रस्तुत भएका छन् । ‘झुम्कावाली’ बोलको यो गीतलाई निर्देशन गरेका छन्, निकेश खड्काले । पूजा र आकाशले खुलेर नृत्य गरेको यो गीतलाई संगीत गरेका हुन् मिलन अर्यालले ।


गीतमा स्वर पनि उनकै रहेको छ तर युगल गायनमा मिलनले साथ लिएका छन् मेलिना राईलाई । बुद्ध थापाले छायांकन गरेको यो गीतमा विकास धमलाको सम्पादन रहेको छ । 


Author

थप समाचार
x