संगीत

गजल गायनमा थानेश्वर गौतमका ‘यादहरू’

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १७:१८ बजे

काठमाडौँ - थानेश्वर गौतम गजल गायनका लागि चिनिन्छन् । तर गजल शैलीकै भए पनि उनले यस्ता गीतलाई ‘क्याची’ बनाउने प्रयास गर्छन् । गजल तर स्रोतालाई रुचिकर लाग्ने शैलीमा प्रस्तुत भएको यस्तै गीत शुक्रबार सार्वजनिक भएको छ ।

थानेश्वर गौतमको एकल गायन रहेको गीतको बोल रहेको छ ‘तिम्रा यादहरू’ । गीतको संगीत पनि थानेश्वर स्वयंले दिएका हुन् । शब्द भने जीवन बिकले कोरेका हुन् । कोरसको राम्रो साथ पाएको गीतमा राजेन्द्र बाजुराली र सागर बाजुरालीले थानेश्वरको स्वरलाई सघाएका छन् । महफिल शैलीमा खिचिएको गीतको भिडियोमा थानेश्वर स्वयं पनि हार्मोनिय फिट्दै उपस्थित भएका छन् ।


त्योबाहेक भिडियोमा अलका सुवेदी, सलिना खत्री, रोशन नेपाली र सुरज पोखरेलको मुख्य अभिनय रहेको छ । दुई दर्जन हाराहारी ब्याकअप डान्सरको प्रयोग गरिएको गीतमा मानकृष्ण महर्जनको छायांकन रहेको छ भने गीतको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेको रहेको छ ।

 


Author

थप समाचार
x