प्रमुख समाचार

विघटनविरुद्धका रिटको सुनुवाइ बिहीबार र शुक्रबार

इकागज |
जेठ ११, २०७८ मंगलबार १७:४३ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ आगामी बिहीबार र शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले प्रतिनिधि सभा विघटनविरुद्ध परेका ३० रिटको सुनुवाइ बिहीबार र शुक्रबारका लागि तोकिएको जानकारी दिए ।
  
पौडेलका अनुसार प्रतिनिधि सभा पुनःस्थापना र पुनःस्थापना भए केपी शर्मा ओलीलाई दिनुपर्ने माग गरिएका ४ वटासहित ३० रिट परेका छन् । ती मध्य अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ  १३ गते बिहीबार र संवैधानिक बेञ्‍चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते शुक्रबार तोकिएको पौडेलले बताए ।

अल्पमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् । 


विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका १४६ सांसदले संयुक्त रिट दायर गरेका छन् ।
 


Author

थप समाचार
x