प्रमुख समाचार

युरो २०२० टिम परिचय : कम आँकिएको नेदरल्यान्ड्स

इकागज |
जेठ २२, २०७८ शनिबार ६:३० बजे

काठमाडौँ : हाम्रो जीवनमा कोभिड-१९ प्रवेश नगरेको भए, युरो सन् २०२० मै हुने थियो । तर कोभिड-१९ महमारीले विश्व आक्रान्त हुँदा युरोपको सर्वोच्च फुटबल प्रतियोगिता पनि सर्‍यो । नयाँ मिति अनुसार युरो ११ जुन देखि ११ जुलाईमा आयोजना हुँदैछ । कुल २४ टिमले भाग लिने युरो युरोपका ११ सहरमा खेलाइने छ ।  

युरोको मिति परिवर्तन हुँदा के कस्तो असर पर्‍यो, व्याख्या आ-आफ्नो होला । यस्तोमा दी नेदरल्यान्ड्सले एक हदसम्म राहतको सास फेर्‍यो । घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका टिमका मुख्य फरवार्ड मेम्फिस डिपेले फिट हुने समय पाए पाए । तर डच कप्तान भर्जिल भान डाइक भने टिममा फर्कन सकेनन् । लिभरपुलका रक्षक भान डाइक पनि घुँडाकै चोटले करिब गत अक्टाबर देखि मैदान बाहिर छन् । उनको ‘रिह्याबिलेसन’ चलिरहेको छ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनका लागि भान डाइक तयार हुनेछन् । तर युरोमा भने उनलाई देखिने छैन ।   


भान डाइकको अनुपस्थिती डच टिममा खड्किनेछ । किनभने उनी भरपर्दा रक्षक मात्रै होइनन्, प्रभावशाली नेतृत्वकर्ता पनि हुन् । भान डाइक बाहेक चोट बोक्ने अर्का डच रक्षकमा डेली ब्लाइन्ड पनि हुन् । तर उनी युरोका लागि उपलब्ध छन् । यद्यपि उनले साविकको लय देखाउन सक्छन् वा सक्दैनन्, यो यक्ष प्रश्न हो । उसो त डच टिममा प्रशिक्षक पनि परिवर्तन भए । बार्सिलानो लागेका रोनाल्ड कुमनको स्थानमा फ्रान्क डे बोर आइपुगे । जसका अगाडि डच टिमलाई युरोपको बलियो शक्तिका रुपमा पुनः स्थापित गर्ने चुनौति छ । अनि नेदरल्यान्ड्सलाई युरोमा नेतृत्व गर्न आफू सक्षम रहेको सन्देश पनि दिनु  छ ।    

युरो छनौट खेल्दा नेदरल्यान्ड्सले सधैँ अपेक्षाकृत खेल देखाउन सकेन । विशेषगरी इस्टोनिया, बेलारुस र उत्तरी आयरल्यान्ड जस्ता कमजोर मानिएका टिमविरुद्ध नेदरल्यान्ड्सले आफ्नो स्तर अनुसारको खेलेन । तर बलियो जर्मनीलाई भने कुमन नेतृत्वको नेदरल्यान्ड्सले ४-२ ले हरायो । त्यो पनि जर्मनीकै मैदानमा । बलियो जर्मन टिमलाई पराजित गरेपछि डच खेलाडी आत्मविश्वासी देखिए । 

जर्मनीविरुद्धको जितमा भान डाइक, माथ्थिस डे लिट, फ्रान्की डे योङ, मार्टेन डे रुन, जर्जियो वाइनाल्डम र डिपेको प्रदर्शन उत्कृष्ट थियो । त्यस खेल दौरान डच टिमले ४-२-१-३ र ५-३-२ को संरचना प्रयोग गर्‍यो । रक्षात्मक परिस्थति र आक्रमणमा बुन्दा, डच टिमले फरक फरक संरचानामा खेल्यो । हालका प्रशिक्षक डे बोर पनि आफ्नो टिमले खेल दौरान संरचना परिवर्तन गरिरहोस भन्‍ने चाहन्छन् ।  

फ्रेन्की असाधारण खेलाडी हुन् । कतिपयले उनलाई योहान कु्रफसँग पनि दाज्छन् । खेल शैलीका कारण । फ्रेन्कीको जीवनशैली असाध्यै सरल छ । अन्य खेलाडीले जस्तो ट्याटु खोपेका छैनन् । न त उनीसँग महंगा गाडी नै छन् । खेल र जीवनशैलीका कारण फ्रेन्की नेदरल्यान्ड्समा सर्वाधिक मन पराइने खेलाडी हुन् ।

कुमनले नेदरल्यान्ड्सको प्रशिक्षक पद त्याग गर्नुअघि भनेका थिए, ‘डच टिम युरो उपाधिको दाबेदार होइन’। डे बोर कुमनको भनाइमा सहमत छन् । उनका अनुसार युरोमा नेदरल्यान्ड्स भन्दा कमसेकम चार टिम बलिया रहनेछन् । ‘तर फेरि पनि हाम्रो लक्ष्य उपाधि जित्ने नै हो,’ डे बोर भन्छन् । उता डिपे पनि आफ्नो टिमलाई लिएर आत्मविश्वासी छन् । ‘हाम्रो टिममा प्रतिभाशाली खेलाडीको कमी छैन् । बस् मेहेनत चाँहि गरिरहनु पर्छ । गल्ती सुर्धादै जानुपर्छ,’ डिपे भन्छन् । 

नेदरल्यान्ड्सका प्रशिक्षक डे बोरका लागि युरो नयाँ प्रतियोगिता होइन । उनले डच टिमलाई यसअघि युरोको सेमिफाइनलसम्म डोर्‍याएका थिए । तर कप्तानका रुपमा । सेमिफाइनलमा नेदरल्यान्ड्स इटालीसँग भिडेको थियो । उनै डे बोर दुई पटक पेनाल्टीमा चुकेपछि इटालीले फाइनलको यात्रा तय गर्‍यो ।

डे बोर प्रशिक्षकका रुपमा क्लब फुटबलमा असफल रहे भन्दा फरक पर्दैन । उनी इन्टर मिलान र क्रिस्टल प्यालेसमा बर्खास्तीमा परे । इंग्लिस क्लब प्यालेसमा त ७७ दिन मात्रै टिके । त्यहीबेला हो जोसे मौउरिन्होको विवास्पद अभिब्यक्ति आएको । मौउरिन्होले भनेका थिए, ‘डे बोर प्रिमियर लिग इतिहासकै सर्वाधिक खराब प्रशिक्षक हुन् ।’ 

डे बोरको जवाफ थियो, ‘इन्टर र प्यालेसमा म असफल भए । त्यसकारण मौरिन्होले त्यस प्रकारको टिप्पणी गर्न सक्छन् । तर मलाई लााग्छ मौउरिन्हो पनि कुनै क्लबमा असफल हुन सक्छन्,’ मौउरिन्हो टोटनहममा असफल भए । न त डे बोर नै नयाँ क्लबमा सफल भए । अमेरिकी क्लब एटलान्टामा डे बोरले लिग जित्न सकेनन् । एक समयमा उनको र क्लब समर्थकबीच नै विवाद भयो । जसका कारण डच प्रशिक्षकले माफी माग्‍नु पर्‍यो । 

क्लब फुटबलमा डे बोर सफल भएको आयाक्समा मात्रै हो । आयाक्सलाई उनले चार पटक लिग च्याम्पियन बनाए । तर अन्य क्लबमा उनको बसाइ सुखद रहेन । बरु उनको प्रशिक्षण क्षमतामाथि नै प्रश्न उठ्न थाल्यो । यस्तोमा डे बोरका लागि युरो आफूलाई प्रमाणित गर्ने मौका हो ।  

फ्रेन्की डे योङ
डच फुटबलमा डे योङ चर्चित थर हो । त्यहाँ बारम्बार डे योङ थर भएका खेलाडी स्टारका रुपमा उदाएका छन् । तीमध्ये फ्रेन्की डे योङ पनि एक हुन् । उनलाई फुटबल कमेन्टेटरहरू डे योङ भन्दा पनि फ्रेन्कीकै नामले बोलाउने गर्छन् ।

किनभने फ्रेन्की नाम गरेका फुटबलर नेदरल्यान्डसमा बिरलै भेटिन्छन् । जब की डे योङ डच फुटबलमा चलनचल्तीको थर हो । फ्रेन्की असाधारण खेलाडी हुन् । कतिपयले उनलाई योहान कु्रफसँग पनि दाज्छन् । खेल शैलीका कारण । फ्रेन्कीको जीवनशैली असाध्यै सरल छ । अन्य खेलाडीले जस्तो ट्याटु खोपेका छैनन् । न त उनीसँग महंगा गाडी नै छन् । खेल र जीवनशैलीका कारण फ्रेन्की नेदरल्यान्ड्समा सर्वाधिक मन पराइने खेलाडी हुन् । 

फ्रेन्की बाहेक अन्य खेलाडी पनि नेदरल्यान्ड्सका लागि निर्णायक साबित हुन सकछन् । ती मध्येका एक खेलाडी हुन्, वाउट वेघोस्ट । उनले भर्खरै सकिएको बुन्डेसलिगा २०२०/२१ सिजनमा २० लिग गोल गरे । उल्फसबर्गका स्ट्राइकर वेघोस्टले डिपेसैँ डच टिमको अग्रपंक्ति सम्हाल्ने अपेक्षा गरिएको छ । आयाक्सकायुवा रक्षक युरिएन टिम्बर, फियोनार्डकका अनुभवी फरवार्ड स्टिभन बर्गउइस, पीएसभीका डेन्जेल डमफ्राइज लगायतका खेलाडीले नेदरल्यान्ड्सलाई ‘टिम टु वाच’ बनाएका छन् ।

नेदरल्यान्ड्सको सम्भावित पहिलो एघार : 
गोलरक्षक : मार्टेन स्टेकेलेनबर्ग
रक्षापंक्ति : डेन्जेल डमफ्राइज, स्टेफन डे भ्रिज, माथ्थिस डे लिट र डेली ब्लाइन्ड 
मिडफिल्ड : जर्जियो वाइनाल्डम, फ्रेन्की डे योङ र डेभी क्लासेन 
अग्रपंक्ति : स्टिभन बर्गउइस, मेम्फिस डिपे र डोनयेल मालेन  
(दी गार्डियनबाट) 


Author

थप समाचार
x