प्रमुख समाचार

उपेन्द्र यादवले सोधे मन्त्रीहरूलाई स्पष्टीकरण

इकागज |
जेठ ३१, २०७८ सोमबार ९:४२ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष  उपेन्द्र यादवले आफ्‍नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय विपरित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्‍दै स्पष्टीकरण सोधेका हुन् ।

शनिबार बसेको जसपा कार्यकारिणी बैठकले जसपाबाट सरकारमा सहभागी ११ मन्त्रीलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले इकागजलाई बताए । 'पार्टीको निर्ण विपरित सरकारमा सहभागी भएकाले स्पष्टीकरण सोध्‍ने निर्णय गरेका हौँ' यादवले इकागजसँग भने 'हिजो पत्र लेखिसकेका छौँ ।'


जसपाबाट ओली नेतृत्वको सरकारमा ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । जसमा उपप्रधानमन्त्री र सहरी विकास मन्त्री राजेन्द्र महतो, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री  शरदसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्री एकवाल मिया बनेका छन् । त्‍यस्तै ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ ओली सरकारमा सहभागी छन् ।


Author

थप समाचार
x