प्रमुख समाचार

नेपाल निवास कोटेश्‍वर पुगे देउवा र दाहाल

इकागज |
जेठ ३१, २०७८ सोमबार १८:४२ बजे

काठमाडौँ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा र दाहाल नेपाल निवासमा पुगेका हुन् । 

स्रोतका अनुसार उनीहरूबीच आफूहरूले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट, प्रदेशस्तरसम्म विपक्षी गठबन्धन विस्तार गर्ने र गण्डकीमा बनेको विपक्षी गठबन्धनको सरकारबारे छलफल हुने स्रोतले बतायो । 


छलफल जारी छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेताहरू आउने कुरा रहेको तर अहिले आफू बाहिर रहेकाले छलफल सुरु भए नभएको जानकारी नरहेको बताए । 

विपक्षी गठबन्धनको बैठक यसअघि कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने गरेकोमा आज नेपाल निवासमा बस्न लागेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस, एमालेको नेपाल समूह, माओवादी, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राषट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन् । 


Author

थप समाचार
x