प्रमुख समाचार

संघीयता कार्यान्वयनबारे केपी ओलीमात्रै होइन काठमाडौँ बस्‍ने सबै नेतालाई बुझेको छु : पृथ्वीसुब्बा गुरुङ

इकागज |
असार ४, २०७८ शुक्रबार १४:४५ बजे

काठमाडौँ  : गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभालाई डमरुसँग तुलना गरेका छन् ।  मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्नेक्रममा गुरुङले यस्तो बताएका हुन् । ‘प्रदेश सरकार डमरु जस्तो छ । माथि पनि फुकेको, तल पनि फुकेको बीचमा सुकेको । कहाँ छ प्रदेश सरकारसँग अधिकार । राजस्व त उठाउन पाइँदैन । बजेट माथिबाट आउँछ’ उनले भने । 

त्यस्तै उनले केपी ओली मात्रै होइनन काठमाडौँमा बस्नेहरुले संघीयता कार्यान्वयनमा सहयोग नगरेको उनको भनाइ छ । ‘तपाईँहरु केपी ओली मात्रै भन्नु हुन्छ । म काठमाडौँमा बसेका सबै नेताहरुलाई भन्छु । काठमाडौँमा बस्ने मन्त्रीहरुको मानसिकता बुझेको छु,’ उनले भने, ‘पहिलो संविधान सभाको सदस्य भएको हिसाबले हरेक नेताको कुरा सुनेको छ ु। कसले कहाँ प्रयोग गरे । कस्ले व्यापारको कुरा गर्छ हामीले बुझेका छौँ । त्यहाँ (काठमाडौं)को मानसिकता खराब छ । किन रहन्छ ५० कर्मचारी प्रदेशमा किन आउँदैन १५ २० हजार । खाली यो एक जनाको कारणले मात्रै हो ? त्यहाँ मुख्यसचिवदेखि सारा सचिवको कुरा छ ।’ 
 



Author

थप समाचार
x