प्रमुख समाचार

एमाले केन्द्रीय समिति बैठक

बाटो बिराएकालाई गल्ती बिर्सिएर स्वागत गरौँ : ओली

इकागज |
साउन ७, २०७८ बिहीबार १८:१ बजे

फाइल तस्बिर

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएर गल्ती गरेका पार्टी सांसदलाई आममाफी दिने बताएका छन् । बिहीबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ओलीले पार्टीलाई एक ढिक्का बनाउन गल्ती गरेकालाई पनि माफी दिन आफू तयार रहेको बताएका हुन् । 

ओलीले सोमबार बसेको केन्द्रीय समिति बैठकबाट देउवालाई प्रधानमन्त्रीमा विश्‍वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेका थिए । 


ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले बाटो बिराएकालाई गल्ती बिर्सिएर स्वागत गर्ने बैठकमा अध्यक्ष ओलीले बताएको जाकारी दिए ।

‘बाटो बिराएकालाई गल्ती बिर्सिएर स्वागत गर्न र आममाफी दिन म तयार छु,’ बैठकमा ओलीको भनाइ उध्रित गर्दै प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीहरूसँग भने, ‘पार्टीलाई एक ढिक्का र सुदृढ बनाउन सबैलाई समेट्न म अगाडि बढ्छु ।’

विगतमा पार्टी नेताहरू र आफूले गरेका गल्ती बिर्सिएर अब पार्टीलाई एक ढिक्का बनाएर सशक्त प्रतिपक्षी बन्नु पर्ने ओलीले बताए ।
 
एमालेको ओली समूहको केन्द्रीय कार्यसमिति बैठक विगत चार दिनदेखि निरन्तर बसिरहेको छ । 
 


Author

थप समाचार
x