प्रमुख समाचार

निर्वाचन आयोगमा जसपा विवाद

सनाखतका लागि कार्यकारिणी सदस्यलाई बोलाइयो

इकागज |
साउन ७, २०७८ बिहीबार १८:५१ बजे

काठमाडौँ - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहीबार बसेको आयोगको  इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दलको आधिकारिता विवाद गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयम् उपस्थित हुन भनिएको उनको भनाइ छ । उनले दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरूलाई परिचय खुल्ने कागजातसहित  उपस्थित हुन इजलासबाट आदेश भएको बताए ।


जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३/४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो । उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ । 


Author

थप समाचार
x