प्रमुख समाचार

चन्दको भेटघाट दौडधुप

शनिबार ठाकुरपछि पूर्वगृहमन्त्री थापालाई भेटे

इकागज |
साउन ९, २०७८ शनिबार १७:२३ बजे

काठमाडौँ - नेकपा महासचिव नेत्रविक्रम चन्दले शनिबार मात्रै दुई फरक फरक पार्टीका नेतालाई भेटेका छन् । पहिला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका चन्दले त्यसपछि पूर्वगृहमन्त्री रामबहादुर थापालाई भेटेका छन् । थापा निवास जोरपाटी पुगेर चन्दले थापालाई भेटेका हुन् । 

चन्दसँगै खड्ग विश्वकर्मा र सन्तोष बुढा थापालाई भेट्न थापा निवासमा पुगेका थिए । छलफलमा चन्दले सरकारसँग भएको तीन बुँदे सहमती कार्यान्वयन गर्न पहल गरिदिन आग्रह गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । चन्दको पार्टीसँग भएको तीन बुँदे सहमतिमा गृहमन्त्रीको हैसियतमा थापाले हस्ताक्षर गरेका थिए ।


थापाले कानुन अनुरुप मिल्ने नेता कार्यकर्तालाई सरकारले रिहा गरिसकेको र अब प्रक्रिया पुर्‍याएर अन्य सहमती अनुरुपका काम पूरा गर्न आफू लागिपर्ने बताएका थिए । आफू सरकार बाहिर रहे पनि सहमति कार्यान्वयन गर्न लागिपर्ने बताए ।

चन्दले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूलाई भेटिसकेका छन् । 


Author

थप समाचार
x