प्रमुख समाचार

कांग्रेस क्रियाशील सदस्य छानबिन समितिमा नै विवाद, कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’

इकागज |
साउन १२, २०७८ मंगलबार १२:३१ बजे

काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन गर्न बनेको समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । निकै विवादित बनेको क्रियाशील सदस्यता वितरणबारे रमेश लेखक नेतृत्वको समितिले आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा  हस्तान्तरण गरेको हो । कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक जारी छ ।  

आजको बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यतना टुङ्गो नलाग्दा अधिवेशनको मिति तय हुन सकेको छ। कांग्रेसले साउन १२ गतेदेखि हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरेको छ । कहिले गर्ने भन्ने मिति भने तोक्न सकिएको छैन । क्रियाशील सदस्यता विवाद नटुंगिएकोले तल्लो तहको अधिवेशन स्थगित भएको हो ।  


क्रियाशील विवादका कारण कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना तथा आमरण अनसनसमेत चलिरहेको छ । प्रतिवेदनले चार जिल्लामा कायम विवादका विषय सुल्ट्याउन सकेको छैन। बुझाइएको प्रतिवेदनमा छानविन समितिका सदस्य कल्याण गुरुङले नोट अफ डिसेन्ट लेखेका छन् ।   

यो समितिले धनुषा, सर्लाही, बारा र सप्तरी जिल्लामा विवादित भएको क्रियाशील सदस्यताको विषयलाई भने टुङ्गो लगाउन सकेको छैन। यसअघि समितिका संयोजक लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यता वितरणको काम सकिएको दाबी गरेका थिए ।  


Author

थप समाचार
x