प्रमुख समाचार

अमेरिकामा उच्चशिक्षा हासिल गरेकाभन्दा स्कुले शिक्षा सकेका प्रवासी नेपाली धेरै

इकागज |
साउन १७, २०७८ आइतबार ६:४१ बजे

काठमाडौँ – अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने बहुसंख्यक नेपालीले ग्राज्युएसन (स्‍नातक) नै गरेका छैनन् । अमेरिकी पछिल्लो तथ्यांक अनुसार ५६ प्रतिशत नेपाली अन्डरग्राज्युएट छन् । जो राम्रोसँग अंग्रेजी समेत बोल्न जान्दैनन् । नेपालीको संख्या अमेरिकामा बढ्दो छ तर उच्च शिक्षा हासिल गरेका नेपाली भन्दा बीचमै अध्ययन छाडेका वा दश जोड दुई सकेकाहरू धेरै छन् ।

हुनत अधिकांश डीभी परेर जानेहरू प्लस टु नै सकेका हुन्छन् । जसले गर्दा अमेरिकामा रहँदैमा भयंकर पढेको भनेर सम्झन भएन् । त्यहाँ पनि काम गरेर नै पुगेका हुन्छन् । 


४४ प्रतिशत नेपालीले मात्र स्‍नातक र त्यो भन्दामाथिको शिक्षा लिएका छन् । त्यहाँको पछिल्लो औपचारिक तथ्यांक अनुसार अमेरिकामा १ लाख ९० भन्दा बढी नेपाली स्थायी रूपमा बसोवास गर्दै आएका छन् ।

अमेरिकाको गत वर्षको जनगणनाको एक महिना अघि सार्वजनिक तथ्यांकका अनसार अमेरिकामा स्थायी रूपमा बस्दै आएका नेपाली अमेरिकीको संख्या १ लाख ९० हजार चार सय पुगेको छ । अधिकांश नेपालीहरु अमेरिकामा पनि आफ्नै परिवारसँग सुखी ढंगले नै बसेका छन् । अमेरिकाले गर्ने जनगणतामा त्यो संख्या देखिए पनि अन्य त्यहाँ दर्ता नगराएका नेपाली पनि प्रशस्त छन् ।

परिवारको औसत वार्षिक आम्दानी ६४ हजार अमेरिकी डलर रहेको देखिए पनि कैयन स्थाल र जल मार्गबाट अमेरिका छिरेकाको पछिल्लो अवस्थामा समस्या परेको छ । ३३ करोड भन्दा बढी बसोवास गर्ने अमेरिकामा नेपालीको संख्या दुई लाख नपुग्‍नु आश्चर्यजनक छ । अमेरिकीहरूको अनौपचारिक तथ्यांक र गैर आवासीय नेपालीको तथ्यांक अनुसार नै अमेरिकामा चार लाख बढी नेपाली बस्छन् । 


Author

थप समाचार
x