प्रमुख समाचार

नेता नेपालले बुधबार बोलाए केन्द्रीय सदस्यहरूको बैठक

इकागज |
साउन १९, २०७८ मंगलबार १८:१८ बजे

काठमाडौँ - एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ समूहले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा नेता नेपालले बैठक बोलाएको एक नेताले जानकारी दिए । 

नेता नेपालले पार्टी एकता र सरकारलगायतका विषयमा छलफल गर्न गर्न भन्दै बैठकमा निमन्त्रण गरेका नेपालको सचिवालयले जानकारी दिएको छ । 


सत्ता गठबन्धनमा रहेका नेता नेपालको समूहलाई सत्तारुढ दलका शीर्ष नेताहरूले सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । तर नेता नेपाल भने सरकारमा सहभागी भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै त्यसबारे निर्णय गर्न दबाब परिरहेको छ । आफू दबाबमा परेका बेला नेता नेपालले केन्द्रीय सदस्यहरूको धारणा बुझ्‍न बैठक बोलाएका सचिवालयले जनाएको छ । 

सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूको छलफलमा नेता नेपालले सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए । 
 


Author

थप समाचार
x