प्रमुख समाचार

निर्णय गर्ने जिम्‍मा मुख्यमन्त्री पोख्रेललाई

लुम्‍बिनीमा एमालेको अन्तिम कसरत : प्रदेश सभा बैठक बहिस्कार गर्ने संकेत

बिक्रम खड्का |
साउन २७, २०७८ बुधबार १०:३३ बजे

बुटवल- नेकपा एमाले लुम्‍बिनी संसदीय दलको बैठक सकिएको छ । अविश्‍वासको प्रस्ताव र राजीनामाको विषयमा छलफल गर्न बसेको बैठकले त्यसबारे भने कुनै निर्णय गरेन । एमालेले सभा बैठक बहिस्कार गर्ने संकेत प्रमुख सचेतक भूमिश्वर ढकालले गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष अधिवेशन चल्न दिने/नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको जानकारी दिए ।


प्रदेश प्रमुख र प्रदेश सभाले विधि र प्रक्रियाविपरीत संसद अधिवेशन आह्वान गरेको बताउँदै ढकालले आजको बैठक चल्ने नचल्नेबारे केही भन्‍न नसकिने अवस्थामा रहेको बताए । ‘अहिलेसम्म कार्य परामर्श समितिको बैठक बसेको छैन, हामीलाई कुनै जानकारी गराइएको पनि छैन ।' ढकालले आजको संसद्‌ बहिस्कार हुनसक्ने संकेत गरे ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x