समाज

बझाङमा चट्याङ लागेर चार जना घाइते

इकागज |
बैशाख २५, २०८१ मंगलबार २१:१४ बजे

फाइल तस्बिर

बझाङ- बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन् । खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । 

एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । चट्याङ लागेर फिट्टु खड्काकाे परिवार बेलु देवी खड्का उनका ८ वर्षीया छाेरा एकेन्द्रबहादुर खड्का घाइते भएका छन् । 


चट्याङकै कारण उनका छिमेकी लुड्की देवी खड्का र दुदा देवी रावत पनि घाइते भएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x