प्रमुख समाचार

यथार्थ पत्रमा तथ्य एकातिर तथ्यांक अर्कोतिर : पूर्वअर्थमन्त्री पौडेल

इकागज |
साउन २८, २०७८ बिहीबार १५:११ बजे

फाइल तस्बिर

काठमाडौँ – निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेको यथार्थ पत्रमा तथ्य एकातिर तथ्यांक अर्कोतिर बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा पत्रबारे धारणा राख्दै निवर्तमान अर्थमन्त्री पौडेलले निवर्तमान सरकारको आलोचनाका रूपमा पत्र आएको आरोप लगाए । 

‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भनिए पनि पूर्ववर्ती सरकारको आलोचनाका रूपमा मात्रै आएको देखियो । तथ्यविपरीतका तथ्यांक राखियो,’ पौडेलले भने । 


उनले सत्ता पक्ष र विपक्षबीच नीति र विचारमा मतभेद हुने स्वभाविक हुने भन्दै आर्थिक अवस्थाबारे मतभेद गर्नन नहुने बताए । तथ्यलाई तोडमरोट गर्न कसैलाई छुट नभएको उनले बताए । 

जानकारी पत्रमा तथ्यांकको प्रयोग सुविधा अनुरुप गरिएकोमा पनि उनले विरोध जनाए । 

सामान्य र असामान्य अवस्थालाई एउटै टोकरीमा राखेर तुलना गर्न नसुहाउने उनको तर्क थियो । आफू अर्थमन्त्री भएको सरकारका बेला अनुकुल र प्रतिकुलमा तुलना गर्दा पनि राम्रो देखिएको उनको तर्क छ । 
 


Author

थप समाचार
x