प्रमुख समाचार

अधिकार प्राप्तिको आन्दोलनमा मधेशी नेताले गद्दारी गरे : अध्यक्ष यादव

सुभाष कर्ण |
भदौ १७, २०७८ बिहीबार २०:४० बजे

जनकपुरधाम - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्तिको आन्दोलनमा कथित दुई चार मधेशी नेताले गद्दारी गरेको आरोप लगाएका छन् । बिहीबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले महन्थ ठाकुरसहितका केही कथित मधेशीले अधिकार प्राप्ति आन्दोलनमा गद्दारी गरेको आरोप लगाए । 

उनले ठाकुरसहित केही नेता कहिल्यै पनि मधेशीको पक्षमा नरहेको भन्दै आफ्नो मधेश अधिकार प्राप्तिको आन्दोलन निस्तेज पार्न प्रतिगमनको मतियार बनेको आरोपसमेत लगाए ।


उनले भने, ‘जब जनकपुरधाममा गोली चलिरहेको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाको सरकारमा रहेर नै दमन गर्ने ती मधेशी नेता अहिले आएर मधेशीका अधिकांश मांग पूरा भएको भन्दै सत्ताका लागि प्रतिगमनकारी  मतियार बनेका छन् ।

उनीहरूले मधेशको मर्म, भावना अधिकारसँग खेलवाड गर्दै  अधिकार प्राप्तिको आन्दोलनमा गद्दारी गरेको बताए । उनले भने, ‘लोकतन्त्र विरोधी, गणतन्त्र विरोधी, मधेश विरोधीको साथ लडाइ लडन जसपा सधै तयार छ । हामीलाई छाडेर भाग्‍नेहरू जसको विरोधमा लडाइ लडिरहेका छन्, तर हामी लक्ष्यबाट भाग्‍ने छैनौ डटेर सामना गर्न तयार छौं ।'

भ्रममा परेर आफूहरूलाई छाडेर जानेहरुलाई पुनः पार्टीमै फिर्ता आउन जनप्रतिनिधिहरूसँग आग्रह समेत गरे । अर्को प्रसंगको चर्चा गर्दै उनले दल सनाखतको समयावधी सकेपछि भदौ २२ गतेपछि सरकारमा सहभागी हुने बताए ।

उनले मन्त्री बाँडफाँडका लागि माधव नेपालसंग विवाद रहेको केही मिडियाले अफवाह फैलाएकोले भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै गठबन्धनभित्र कुनै विवाद नरहेको प्रष्ट पारे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x