प्रमुख समाचार

गठबन्धनको सरकार विस्तार गर्दा पनि ढल्छ कि भन्ने डर छ : सुवासचन्द्र नेम्वाङ

इकागज |
भदौ २१, २०७८ सोमबार १६:३६ बजे

काठमाडौँ – नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार नगरेकोप्रति टिप्पणी गरेका छन् ।  राष्ट्रिय युवा संघ नेपाल बृहत युवा भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सरकार बनेको ५० दिन भइसके पनि विस्तार गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् । 

‘केपी ओली नेतृत्वको सरकार ढालेर सर्वाेच्च अदालतले धेरै अचम्मको कुरा गरेको छ । संसद् पुनःस्थापना गरेर । अदालतले जन्माएको परमादेश सरकार आएको छ,’ उनले व्यंग्य गर्दै भने, ‘यो ढंगको सरकार भएर हो कि के हो ५० दिन नाघिसक्यो सरकार विस्तार हुन सकेको छैन ।’ 


५ जनाले चलाएको सरकारले कुनै काम नगरेको उनको आरोप छ । त्यस्तै उनले सरकार विस्तार गर्न पनि गठबन्धन डराएको बताए । ‘सरकार विस्तार गर्दा यो सरकार नै ढल्छ कि भन्ने डर छ । यस्तो अचम्मसँग चलेको छ । सरकार विस्तार गर्दा दल फुट्ने हो कि दल फुट्ने हो कि भन्ने अवस्थामा चलिरहेको छ,’ उनले भने ।  


Author

थप समाचार
x