प्रमुख समाचार

पाण्डे र  भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्‍न पाउने

इकागज |
भदौ २९, २०७८ मंगलबार १७:२१ बजे

काठमाडौँ – दुई संघीय संसद सदस्यहरु सोमप्रसाद पाण्डे र  शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्‍न पाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई मंगलबार नयाँ पार्टी रोज्‍न कुनै असर नपर्ने अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सांसदद्वय पाण्डे र भट्टको दल रोज्‍न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो । नयाँ दल दर्ताको निर्णय हुनु पहिला नै निवेदन दिएकाले उनीहरू नयाँ दलमा आवद्ध हुन पाउने अन्तरिम आदेश सर्वोच्चको छ । 


एमालेका केही सांसदले नेकपा (एकीकृत समाजवादी) नामको दल भदौ ४ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको र उक्त निवेदनमाथि निर्णय हुनुपहिल्यै दुई सांसदले उक्त दलमा जान पाउँ भनी निवेदन दिएको पाइएकोले उनीहरूलाई सो दलमा जान दिन कुनै बाधा नपर्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ । पाण्डे र भट्टलाई निर्वाचन आयोगमा निवेदन दिइ दल रोजेको आधारमा कारबाही नगर्नु भनी सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

यस्तो छ सर्वोच्चको अन्तरिम आदेश


Author

थप समाचार
x