प्रमुख समाचार

राष्ट्रिय भूमि आयोगका पदाधिकारीले लिए शपथ

इकागज |
भदौ ३०, २०७८ बुधबार १९:१२ बजे

काठमाडौँ - सरकारले गठन गरेको ‘राष्ट्रिय भूमि आयोग, ०७८’का पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनियताको शपथ गराएका हुन् । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए । उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकोले आफ्नो नेतृत्वको आयोगले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए । 


अध्यक्ष निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरूको गठित आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरू थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्‍नमा हामी प्रतिबद्ध हुनेछौँ ।’

शपथ ग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईंमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  गठन गर्दै आयोगको अध्यक्षमा निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको हो । अध्यक्ष नियुक्त निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य र नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठित सुकुम्बासी समस्या समाधान १९ साउनमा खारेज गरेको थियो ।


Author

थप समाचार
x