क्रिकेट

कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'

इकागज |
बैशाख २२, २०८१ शनिबार १७:२७ बजे

काठमाडौँ- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।


त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्स म्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् ।

५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ ।  

 


Author

थप समाचार
x