प्रमुख समाचार

शेखर दासँग सल्‍लाह गरेर कोइराला परिवारबाट एक मात्रै उम्मेद्‍वार हुन्‍छौं : शशांक

लीलावल्लभ घिमिरे |
मंसिर २९, २०७७ सोमबार १२:१६ बजे

पत्रकार सम्‍मेलनमा बोल्दै शशांक कोइराला । तस्बिर : इकागज

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस मधाधिवेशनमा कोइराला परिवारबाट एक जना मात्र सभापतिको उम्मेद्‍वार हुने बताएका छन् । विरोधसभालाई सम्बोधन गर्न विराटनगर आएका कोइरालाले आज विहान कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै शेखर कोइराला आफुमध्य एक मात्रै उम्मेद्‍वार हुने बताएका हुन् । ‘शेखर दा र म को उठ्ने भन्‍ने टुङगो आपसी समझदारी हुनेछ' उनले भने 'नेता कार्यकर्ताको छलफलबाट मात्र लाग्छ । हामी एक जना मात्र उम्मेद्‍वार हुन्छौं ।' कोइराला परिवारबाट नेतृ सुजता कोइरालाले पनि सभापतिमा दाबी गर्दै आएकी छन् । 

'अधिवेशनले राम्रो नेतृत्व ल्याउँछ । त्यसले पार्टीलाई आमुल परिर्वतन  गर्नेछ' उनले भने 'अहिले कांग्रेस कुनै हालतमा सरकारमा जान हुँदैन् । नेकपा फुटि हाल्यो भने पनि कांग्रेस सरकारमा गएर हैन बाहिरै बसेर समर्थन गर्नुपर्छ ।' उनले आफु हिन्दु राष्ट्रको पक्षमा भए पनि यो देशमा फेरि राजा फर्केर आउने कुनै पनि आधार नरहेको दाबी गरे ।


त्यस्तै आगामी महाधिवेशन फागुन महिनामा हुन नसक्ने उनले दाबी गरे । जेठको अन्तिम साता वा असार पहिलो सातामा महाधिवेशन गर्नुपर्ने उनको धारण छ । ‘मेरो विचारमा फागुन ७ गते हाम्रो महाधिवेशन हुँदैन् ।' मंसिरसम्ममा जिल्ला जिल्लाबाट कृयाशिल सदस्यता आइपुग्‍नुपर्नेमा अहिलेसम्म कतैबाट पनि नआएको उनको भनाइ थियो । ‘कृयाशिल सदस्यता आएपछि त्यसको छानविन गर्न कम्तिमा तीन महिना लाग्छ,' उनले भने, ‘फागुनसम्ममा यो काम सकियो भने अनि मतदाता नामावली बन्छ त्यसपछि जेठ अन्तिम साता वा असार पहिलो साताभित्र महाधिवेशन गर्नुपर्छ ।’ प्रत्यक्ष राष्ट्रपतिको पक्षमा कांग्रेस जान नसक्ने कोइरालाको भनाइ थियो । ‘यदी प्रत्यक्ष राष्ट्रपति बनाउने हो भने उसमा अतिवादी सोच आउँछ,’ उनले भने, ‘यो प्रजातन्त्रको मुलमर्म वितरीत हो त्यसैले हामी जाने कुरौ आउँदैन् ।

निवासमा बसेनन् शशांक 
कांग्रेसको विरोधसभामा भाग लिन आइतबार साँझ विराटनगर आएका विपी पुत्र शशांक सिधा रत्ना होटलमा पुगे । आफ्ना हजुरबाले बनाएको विराटनगर स्थित कोइराला निवासमा नबसेका शशांक सोमबार विहान साढे ८ बजे निवास गएका थिए । निवासको बाहिर गिरीजाप्रसाद कोइराला बस्‍ने कालो कुर्तीमा बसेर मोरङ कांग्रेसका क्षेत्रीय सभापतिहरुसँग आधा घण्टा बिताएका शशांकले विहानको खाजा आफ्ना हजुरबाले बनाएको टाटीको पुरानो घरमा बसेर खाए । त्यसपछि गिरीजाप्रसाद कोइरालाले कार्यकर्ताहरुसँग भेटघाट गर्ने गरेको तल्लो तलाको कोठामा पत्रकार सम्मेलन गरे । यो कोठामा सुक्षाकर्मी बस्दै आएका थिए । शेखर कोइरालाले पछिल्लो समय यो कोठालाई भेटघाट कक्ष बनाएका हुन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विराटनगर आउँदा सधै निवासमा नै बस्‍ने गर्छन् । तर शशांक भने बाहिर बसे । कोइराला निवासको पुरानो घर शेखरको भागमा परेको छ । निवास अघिल्तिरको जग्गामा सुजता कोइरालाले घर बनाएकी छन् भने विपी पुत्र शशांक र प्रकाश कोइरालाले आफ्नो अंशमा परेको निवासको जग्गा बिक्रि गरी सकेका छन् ।

शेखर कोइराला पिता कृष्णप्रसादले बनाएको घरमा बस्दै आएका थिए । केही दिन अघि विराटनगर आएका शेखर आफ्नो सहोदर दाजु निरन्जन कोइराला दिल्लीमा विरामी परेपछि त्यसतर्फ गएका छन् । ६ दिन अघि दिल्ली पुगेका शेखर अझै ४/५ दिन त्यही रहने उनका सहयोगी दिनेश थपलियाले बताए । निरन्जनको स्वाथ्यमा सुधार आइ रहेको छ । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x