प्रमुख समाचार

सत्ता गठबन्धनको बैठक जारी

इकागज |
असोज ६, २०७८ बुधबार १८:४१ बजे

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, संसद् सञ्चालन र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 
 



Author

थप समाचार
x