प्रमुख समाचार

राउतलाई दुई तिहाइको समर्थन

लालबाबु राउत नेतृत्वको सरकार निरन्तर

इकागज |
असोज २०, २०७८ बुधबार १९:५ बजे

धनुषा – प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेक अन्य दलले समर्थन गरेका छन् ।  

प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गरेका छन् । विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित थिए ।प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १०८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारबाहीमा हाल १०४ सांसद छन् । तीमध्ये ४ जना अनुपस्थित हुँदा राउतले दुई तिहाइ वहुमत प्राप्त गरेका हुन् ।


उनलाई जनता समाजवादी पार्टी, नेपाल (जसपा), नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद्ले विश्वासको मत दिएका थिए । जसपा विभाजनपछि मुख्यमन्त्री राउतले संवैधानिक प्रावधानअनुसार बुधबार विश्वासको मत लिएका हुन् ।


Author

थप समाचार
x