प्रमुख समाचार

देउवाले भने : कांग्रेस महाधिवेशन मंसिरमै हुन्छ

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १७:२८ बजे

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन मंसिरमै सम्पन्न गर्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् । 

आज मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन समितिका सदस्यहरुलाई बोलाएर मंसिरमै महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । 
‘मंसिरमै महाधिवेशन जसरी पनि सक्नुस् भनेर सभापतिले पनि भन्नु भयो’ वरिष्ठ नेता पौडेलले बैठकपछि भने ।    
त्यस्तै आजको पदाधिकारी बैठकमा सभापति देउवा समक्ष केन्द्रीय कार्यसमितिको बैठक बोलाउन आफूले माग गरेको पनि बताए ।   
  



Author

थप समाचार
x