प्रमुख समाचार

‘पेगासस’ बनाउने कम्पनीलाई अमेरिकी प्रतिबन्ध

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १५:२६ बजे

काठमाडौँ- अमेरिकामा पेगासस स्पाइवेयर बनाउने कम्पनीलाई प्रतिबन्ध गरेको छ ।  एक रिपोर्टकानुसार पत्रकार, सरकारी अधिकारी, अभियन्ता लगायतमाथि यो ग्रुपको पेगासस स्पाइवेयर प्रयोग भएको थियो ।

अमेरिकाको वाणिज्य विभागले कुनै पनि कम्पनीहरूलाई आफ्नो प्रविधि इजरायलको एनएसओ ग्रुपलाई बिक्री नगर्न आदेश दिएको छ ।


एनएसओ नामक इजरायली कम्पनी पेगासस आक्रमण गरेर विश्वभर पत्रकार र अधिकारीहरूको निगरानी गरिरहेको जानकारी केहि समयअघि खुलासा भएको थियो ।

पेगासस स्पाइवेयर प्रयोगकर्तालाई लक्षित मानिसहरुको डिभाइसमा भएको सन्देशहरू पढ्न, उनीहरूको फोटोहरू हेर्न, तिनीहरूको स्थान ट्र्याक गर्न र उनीहरूलाई थाहा नदिई फोनको क्यामरा खोल्न अनुमति दिने जस्ता कार्य गर्ने भनेर भारतको सर्वोच्च अदालतले गत हप्ता मात्र एक समिति बनाई छानबिनको आदेश दिएको थियो ।


Author

थप समाचार
x